विद्युत ट्रिपिङले बारा र पर्साका उद्योग मारमा

श्रावण २८, २०८० | पर्सा

विद्युत ट्रिपिङले बारा र पर्साका उद्योग समस्यामा परेका छन् । पूर्व सूचना बिना नै दैनिक १२ देखि १४ पटकसम्म विद्युत सेवा अवरुद्ध हुने वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरी गौतमले बताउनुभयो । उहांले प्राधिकरणद्वारा आपूर्ति भइरहेको गुणस्तरहीन विद्युतले आफूहरु मारमा परेको गुनासो गर्नुभयो । 

उद्योगको उत्पादन घट्ने, मेशिनरी पार्ट पुर्जामा टुटफुट बढी हुने लगायत समस्या दैनिक भइरहेको गौतमले बताउनुभयो । यसका साथै औद्योगिक कच्चा पदार्थ नोक्सान, उत्पादनको गुणस्तरमा ह्रास समेत भएको छ । करिडोरमा हाल ३ सय मेगावाट विद्युत आवश्यक रहेकोमा १ सय ६० देखि १ सय ७० मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ । 


प्रतिक्रिया