बाढीले पुरिएको एक करोड ६५ लाख रुपैयाँ भेटियो

भाद्र ३, २०८० | म्याग्दी
मुस्ताङमा भारी बर्षपछि आएको बाढीले पुरेको कागवेनी बस्ती खोतल्दा पुरिएको एक करोड ६५ लाख रुपैयाँ भेटिएको छ । पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५ लाख बढी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कागवेनी शाखाको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद भेटिएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
थोरङापास र मुक्तिनाथ क्षेत्रमा परेको अविरल बर्षापछि गत साउन २८ गते स्थानीय कागखोलामा बाढी आउँदा कागबेनी बस्ती पुरिएको थियो ।