इँटा उद्योगीद्वारा सरकारसँग सहुलियतको माग

भाद्र १६, २०८० | सुनसरी

इँटा उद्योगीहरुले कोइला आयात र विद्युतमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सुनसरीको इटहरीमा भएको नेपाल इँटा उद्योग महासंघ कोशी प्रदेश समितिको प्रथम साधारण सभामा उद्योगीहरुले इन्धनको भारी मूल्यवृद्धि र बैंकको चर्को व्याजदरका कारण ब्यवसाय धराशयी भएको बताए ।

आर्थिक मन्दीको असर इँटा उद्योगमा समेत नराम्ररी परेको भन्दै उनीहरुले संघीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरे । आर्थिक मन्दीको असरले उद्योगीहरुमा उत्साह हराएको र विगतको तुलनामा ६० प्रतिशत उद्योग बन्दको अवस्थामा रहेको संघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले बताउनुभयो । देशभरमा २ हजार इँटा उद्योग रहेको र जसोतसो सञ्चालित ती उद्योगले पनि मुस्किलले ४० प्रतिशत मात्र उत्पादन गरिरहेको चन्दको भनाई छ । 


प्रतिक्रिया