चिया बगानमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने

भाद्र १७, २०८०

ऐन लागू भएको ५ वर्षपछि चिया उद्योगीहरु चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहमत भएका छन् । श्रमिकको निरन्तरको दबाब र पटकपटकको आन्दोलनका कारण उद्योगीहरु श्रमिकलाई कोषमा सूचीकृत गर्ने सहमति जनाउन बाध्य भएका हुन् । 

चिया क्षेत्रमा क्रियाशिल तीन वटा ट्रेड युनियन र चिया उद्योगीका प्रतिनिधिबीच आइतबार झापाको भद्रपुरमा भएको वार्तामा सोसहमति जुटेको हो । उनीहरुबीच सरकारले तोकेको चिया श्रमिकको दैनिक ज्याला लागू गर्ने र चिया बगान तथा कारखानामा कार्यरतमध्ये पहिलो चरणमा नियमित श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जुटेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।

उद्योगीहरुले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जनाएपछि श्रमिकहरुले गत असार ३२ गतेदेखि जारी राखेको आन्दोलन स्थगित गरेका छन् । 


प्रतिक्रिया