सिर्सिया सुक्खा बन्दरगाहामा भारतीय सरकारी रेल्वे कम्पनीको योगदान घट्दै

आश्विन १३, २०८० | वीरगञ्ज

पर्साको सिर्सिया सुक्खा बन्दरगाहमा हुने सामान ढुवानीमा भारतीय सरकारी रेल्वे कम्पनीको योगदान घट्दै गएको छ । 

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीको पछिल्लो ८ महिनाको तथ्याङ्कले सामान ढुवानीमा सो कम्पनीको योगदान घट्दै गएको देखाएको हो । 

अन्य विभिन्न निजि क्षेत्रका रेल्वे कम्पनीहरुले सामान ढुवानी गर्न थालेपछि भारतीय सरकारी कम्पनीकोे योगदानमा कमी आएको बन्दरगाह सन्चालक कम्पनी प्रिष्टिन भ्यालीले जनाएको छ ।

 प्रिष्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माका अनुसार ८ महिनाको अवधिमा भारतीय सरकारी रेल्वे कम्पनीले ११ हजार ३ सय ७४ वटा कन्टेनर मार्फत बन्दरगाहमा सामान ल्याएको छ । सोही अवधिमा निजि क्षेत्रका कम्पनीले कोलकाता बन्दरगाहबाट झण्डै १० हजार कन्टेनरमा सामान ल्याएका छन् । 


प्रतिक्रिया