होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

आश्विन १५, २०८० | काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो ।

व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै विदेशी मुद्रा आर्जन गरी कुल गार्हस्थ उत्पादनमा समेत टेवा पु¥याउँदै आएको समिति सभापति बस्नेतले बताउनुभयो । अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐनमा पर्यटनमा मात्र वर्गीकरण नगरी उद्योग क्षेत्रमा समावेश गरेर उत्पादनमूलक उद्योग सरहको सुविधा दिन समितिले माग गरेको हो ।

समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ज्ञापन पत्र बुझ्दै उद्योग मन्त्री रमेश रिजालले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । 


प्रतिक्रिया