विदेश पलायन रोक्न ‘स्टार्टअप एण्ड इनोभेसन’

आश्विन १५, २०८० | विराटनगर

युवालाई उद्योग व्यवसायमा आकर्षित गरेर विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले उद्योग संगठन मोरङले तेस्रो चरणको ‘स्टार्टअप एण्ड इनोभेसन’ कार्यक्रम सुरु गरेको छ । नयाँ व्यवसायिक सोच, विचार तथा अवधारणा भएका युवालाई उद्यममा सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो । यो वर्ष ५० वटा उद्यम सम्बन्धी आइडिया लिएर आउने युवामध्ये उत्कृष्ट २० जनालाई छनोट गरिने राठीको भनाई छ । संगठनले यसअघि पहिलो र दोस्रो चरणको सो कार्यक्रम मार्फत कोशी प्रदेशका ३० युवालाई उद्यमी बनाइ सकेको छ ।  


प्रतिक्रिया