बर्दियामा धान उत्पादनमा बृद्धि भए पनि लक्ष्य अनुसार खरिद भएन

मंसिर १७, २०८० | बर्दिया

बर्दियामा यस वर्ष धान उत्पादनमा बृद्धि भए पनि खरिद भने लक्ष्य अनुसार हुन सकेको छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले ९५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा यस वर्ष अहिलेसम्म १४ हजार ८ सय ५७ क्विन्टल मात्र धान खरिद गर्न सकेको छ । जुन लक्ष्यको १५ प्रतिशत मात्र हो ।

 गत असोज २९ गतेबाट खरिद प्रक्रिया सुरु गरेको कम्पनीले यस वर्ष धान खरिद लक्ष्य अनुसार हुने अवस्था देखिएको छैन । यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्न समेत मुस्किल हुने देखिएको कम्पनीका राजापुर शाखा प्रमुख राम सागर मेहेताले बताउनुभयो ।

बर्दियामा ५१ हजार १ सय हेक्टर क्षेत्रफल जग्गामा यस वर्ष २ लाख २५ हजार ४ सय ५० क्विन्टल धान उत्पादन भएको थियो । 

यस वर्ष सरकारले मोटो धानको मुल्य प्रति क्विन्टल ३ हजार १ सय ९८ र मकवानपुर धानको मुल्य ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।  


प्रतिक्रिया