कृषि सामाग्री कम्पनीको युरिया मल भित्रिन सुरु

पुस २१, २०८० | पर्सा

कृषि सामाग्री कम्पनीको युरिया मल भित्रिन सुरु गरेको छ ।

ग्लोबल टेण्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले ल्याएको २ हजार भन्दा बढी मेट्रिक टन युरिया मल बोकेको मालवाहक गाडी वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ ।

कृषि सामाग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार २ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको मालवाहक गाडी आईपुगेको हो ।

त्यस्तै अर्को आपूर्ति कम्पनी स्विस सिंगापुरले आयत गर्न लागेको ३० हजार मेटिक टन युरिया मल भारतको कोलकता बन्दरगाह आईपुगेकाले यहि साता देखि नेपाल भित्रिन सुरु हुने प्रादेशिक कार्यालयले जनाएको छ । 


प्रतिक्रिया