दुहबीका स्थानीय आन्दोलित

फाल्गुन ८, २०८०

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीय आन्दोलित बनेका छन् । ६ लेन सडक बिस्तार आयोजना कार्यलयले गत माघ १२ गते सार्वजनिक सुचना जारी गर्दै कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो । 

त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका स्थानीयहरु आयोजना कार्यलयले अदालतको आदेश अवज्ञा गर्दै संरचना खाली गर्न खोजिएको भन्दै आन्दोलित बनेका हुन् । सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरुलाई अपुरणीय क्षति पुग्न जाने भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागे सम्म विपक्षी रानी–बिराटनगर–इटहरी–धरान सडक योजनालाई सार्वजनिक सूचना तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरीम आदेश जारी गरेको थियो ।  


प्रतिक्रिया