सुनकोसी–मरिण डाइभर्सनमा झण्डै १२ अर्व रुपैयाँ खर्च

फाल्गुन १२, २०८० | सिन्धुली

सिन्धुलीको सुनकोसी मरिण डाइभर्सन वहुउद्देश्यीय आयोजना निर्माणमा हालसम्म १२ अर्वको हाराहारीमा खर्च भएको छ । आयोजना निर्माणमा ११ अर्व ९१ करोड १९ लाख खर्च भएको हो ।

आयोजनाको कुल लागत ४९ अर्व ४२ करोड ३१ लाख रहेको छ । सुरुङ निर्माण, सुनकोसी नदीमा हेडवर्कसको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा रकम खर्च भएको आयोजनाले जनाएको छ ।

आयोजना भौतिकतर्फ प्रगती २६ दशमलव ३८ र वित्तिय २४ दशमलव १० प्रतिशत पुगेको छ । २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका २ को कसुमटारमा शिलान्यास भइ आयोजना निर्माणको थालनी भएको थियो ।

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउनु हो । 


प्रतिक्रिया