बर्दिवासमा चौथो जनजाती महोत्सव सुरु

फाल्गुन २५, २०८० | महोत्तरी
महोत्तरीको बर्दिवासमा चौथो आदिवासी जनजाती महोत्सव सुरु भएको छ । आदिवासी जनजातीको पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको हो ।

सो महोत्सवमा जनजातिका कला, संस्कृति, भेषभुषाको प्रदर्शनले विभिन्न जातजातिका संस्कार संस्कृतिको प्रबद्र्वन हुने र स्थानीय उत्पादनको बजारीकरणका लागी समेत महोत्सव महत्वपूर्ण हुने आयोजक संस्थाका अध्यक्ष धननारायण जोशिले बताउनुभयो ।

चैत ५ गतेसम्म चल्ने महोत्सवमा एक लाख बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । जिल्लामा बसोवास गरिरहेका ९ बढी जनजातिको भेषभुषा, पहिरन र जातजातीका रहनसहन झल्काउने स्टल समेत महोत्सवमा राखिएको छ ।

महोत्सवमा नेवार,तामाङ,मगर,थारु,भुजेल,धानुक,माझी, मण्डल लगायतका जातजातिको सहभागिता रहने आदिवासी जनजाती महासंघ महोत्तरीले जनाएको छ ।
