नेपालगञ्ज भन्सार नाकाको राजश्व सङ्कलनमा वृद्धि

चैत्र १८, २०८० | नेपालगञ्ज

नेपालगञ्जस्थित भन्सार नाकामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।

गतवर्षको तुलनामा चालु आर्थिक वर्ष साउनदेखि फागुनसम्मको ८ महिनामा १ दशमलव ३५ प्रतिशतले राजश्व वृद्धि भएको हो । भन्सार कार्यालयका अनुसार यो अवधिमा ११ अर्ब ५९ करोड ९ लाख ४३ हजाररुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यो सँगै हालसम्म लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्माले बताउनुभयो ।

सो नाकामार्फत यो वर्ष फागुनसम्ममा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको सामान अन्य देशमा निर्यात भएको छ ।  


प्रतिक्रिया