यो वर्ष हिमाल आरोहणका लागि ७० जनाले लिए अनुुमति

चैत्र १९, २०८० | काठमाडौं

हिमाल आरोहणका लागि यो वर्ष अहिलेसम्म ७० जनाले अनुुमति लिएका छन् । हिमाल आरोहणको सिजन सुरु भएसँगै १० ओटा टिममा रहेका ७० जनाले अनुुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार ४९ जना पुुरुष र २१ जना महिलाले हिमाल आरोहणको अनुुमति लिएका हुुन् । जसमा विदेशी नागरिक पनि छन् ।

विशेष गरी सगरमाथा आरोहण गर्न अनुमति माग्नेको सङ्ख्या धेरै रहेको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

यो सिजन सगरमाथा आरोहणका लागि उत्तम मानिन्छ । सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार अमेरिकी डलर राज्यलाई रोयल्टी बुुझाउनु पर्दछ । यस्तै नेपालीको हकमा भने प्रतिव्यक्ति ७५ हजार सरकारलाई रोयल्टी बुुझाउनु पर्दछ । सगरमाथासँगै मकालु, अन्नपूर्ण, कन्चनजङ्घा लगायतका हिमालमा पर्वतारोहीहरु आरोहण गर्ने गर्दछन् । 


प्रतिक्रिया