सगरमाथा आरोहण गर्नेबाट हालसम्म ५० करोड रुपैयाँ राजस्व सङ्कलन

वैशाख ८, २०८१ | काठमाडौं

वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुबाट अहिलेसम्म ५० करोड बढी रुपौयाँ राजस्व सङ्कलन भएको छ ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न अनुमति लिएका ३ सय ५२ जनाबाट ५० करोड ५६ लाख भन्दा बढी रकम सरकारी खातामा जम्मा भएको हो ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले अघिल्लो वर्षकै हाराहारीमा रोयल्टी उठ्ने अनुमान गरिएको बताउनुभयो ।

विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् ।


प्रतिक्रिया