सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा पर्ने जग्गाको मुल्याङ्कन सम्पन्न

वैशाख ८, २०८१ | काठमाडौं

पर्सास्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको घरधुरीको मुल्याङ्कन सम्पन्न भएको छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत ध्रुव प्रसाद कोइरीसहितको टोलीले २ महिनामा १ सय ८३ घरधुरीको मुल्याङ्कनको काम सम्पन्न गरेको हो ।

 घरधुरीको मुल्याङ्कनपछि स्थानीय जग्गा धनीले झण्डै ४ अर्ब ८० करोड रुपैयाँ मुआब्जा रकम बुझी सकेका छन् । 

सरकारी मापदण्ड अनुसार प्रति कठ्ठा ६७ लाख ७० हजार रुपैयाँ छ । सो मुल्याङ्कनमा भने सबै भन्दा कम प्रति कठ्ठा २४ लाख ६० हजार रुपैयाँ  छ ।

 सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा पर्ने कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा अधिग्रहण सरकारले ७ बर्ष अघि सुरु गरेको थियो ।


प्रतिक्रिया