वीरगञ्जमा निजि क्षेत्रसँग प्रतस्पर्धा गर्न नसक्दा गहुँ खरिद रोकियो

वैशाख ९, २०८१ | वीरगन्ज

निजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस बर्ष गहुँ खरिद नगर्ने भएको छ । 

निजि क्षेत्रसंग प्रतिस्पर्धा गर्न नसकिने भएपछि शाखाले गहुँको खरिद प्रकृया नै खुल्ला नगरेको शाखा प्रमुख पंकज कुमार झाले बताउनुभयो । नेपाल सरकारले गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६ सय ५० रुपैया १४ पैसा निर्धारण गरेको छ । 

तर निजि क्षेत्रले हाल किसानसँग प्रति क्विन्टल ४ हजार ३ सय देखि ४ हजार ४ सय रुपैयामा गहुँ खरिद गरी रहेको छ । शाखालाई केन्द्रले यस बर्ष फागुन २ गते पत्र मार्फत ५ हजार क्विन्टल गहुँ खरिदको कोटा दिएपनि निजि क्षेत्रसँगको प्रतिस्पर्धाको कारण गहुँ खरिद प्रकृया सुरु नै नगरिएको उहाँले बताउनुभयो । 

छिमेकी मुलुक भारतमा हुने गहुँको खरिद मूल्यको प्रभाव सिमावर्ती जिल्लाहरुमा पर्ने गरेको छ।

कम्पनी वीरगन्ज शाखाले यस बर्ष निजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेर धान खरिद पनि गर्न सकेको थिएन । 


प्रतिक्रिया