महोत्तरीमा जलेश्वर प्रवेश गर्ने कलात्मक प्रवेशद्वार निर्माण

जेष्ठ २१, २०८१ | महोत्तरी

महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भन्सार कार्यालय अगाडि जलेश्वर प्रवेश गर्ने कलात्मक प्रवेशद्धार निर्माण गरिएको छ । 

भिट्ठामोडबाट जलेश्वर प्रवेश गर्ने कलात्मक प्रवेशद्वार भन्सार कार्यालयको १ करोड ८८ लाख ३३ हजार ९ सय ३९ रुपैयाँमा निर्माण भएको भन्सार कार्यालय महोत्तरीका प्रमुख अमित पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा टेण्डर आह्वानपछि ड्रागन अत्रेयले निर्माण जिम्मेवारी पाएको प्रवेश द्वारको २ वर्षमा निर्माण सकिएको थियो ।


 रङ्गरोगन बाँकि रहेको द्वारलाई चालु आर्थिक वर्षमा ६६ लाख ९३ हजार १ सय ८५ विनियोजन गरि दोश्रो चरणको काम सम्पन्न भएको हो । निर्माण पुरा भएको प्रवेशद्वारमा दोश्रो चरणको काम गर्ने जिम्मेवारी पाएको आरपिएस आरएस जेभिले बुट्टा भर्ने, रङ्गरोगन,बत्ति जडानको काम गर्ने जिम्मेवारी पाएको थियो ।

अहिले काम सकाएर प्रवेशद्वार भन्सारलाई बुझाउने तयारी भईरहेको आरएस जेभिले जनाएको छ । मुगल शैलीमा बनाईएको जनकपुरको जानकी मन्दिरकै जस्तै कलात्मक बुट्टा बनाएर उस्तै रङ्गरोगन गरिएको प्रवेशद्धारको अहिले चर्चा चुलिएको छ ।

जिल्लामा प्रवेशद्धारको चर्चा बढेपछि द्वारलाई नामाकरण गर्ने विषय चर्चाको विषय बनिरहेको स्थानीय बताउँछन् । भिट्ठामोडबाट नेपाल आउने भारतीय पर्यटकलाई मिथिलामा प्रवेश गरेको अनुभुती दिलाउने उद्देश्यसहित जानकी मन्दिरको शैलीमा प्रवेशद्वार बनाईएको इन्जिनियर श्रवणकुमार यादवले बताउनुभयो ।

प्रवेशद्वार निमार्णको काम भने अझै केही बाँकी छ ।   


प्रतिक्रिया