खेतीको मुख्य सिजनमै धनकुटामा रासायनिक मल अभाव

फाइल फोटो  

श्रावण २, २०८१ | धनकुटा

धान र मकैको मुख्य सिजन चलिरहँदा धनकुटामा रासायनिक मल अभाव हुन थालेको छ ।

कृषि सामग्री कम्पनी धनकुटाको आत्मारामा रहेको गोदाममा सरकारी अनुदानको यूरिया र डिएपी मलको मौज्दात सकिएको छ ।

पोटास मलको केहि परिमाण भने बाँकि रहेको कार्यालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कम्पनी बिराटनगरबाट यस अघि धनकुटका लागि प्राप्त करिब एक हजार पाँच सय मेट्रिकटन मल कोटा अनुसार स्थानीयतहमा पठाइसकिएको र मलको अर्को खेप आइपुग्न अझै एक हप्ता समय लाग्ने कृषि सामग्री कम्पनी धनकुटाले जानएको छ ।  


प्रतिक्रिया