गोताखोर साउदको शव फेला

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २५, २०८२

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहान साउदको शव पेला परेको हो । 

डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट साउदको शव निकालेको हो । यसअघि नदीमा वेपत्ता भएका अर्का गोताखोर हरदेव राजवंशी दुई दिनअघि फेला परेको थियो । 


प्रतिक्रिया