औद्योगिक क्षेत्रको विद्युत कटौती गर्ने

पुस २, २०८१

नेपाल विद्युत प्राधिकरणले साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत कटौती गर्ने जनाएको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादनक सुरु नभएसम्म विद्युत कटौती हुने भएको हो । 

हिउँदयाम सुरुभएसँगै खोला तथा नदीहरुमा पानीको बहाब घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने एवं पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ । 

असोज दोस्रो साता आएको बाढी र पहिरोको क्षतिले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 


प्रतिक्रिया