लगानी योग्य ६ खर्ब बढी रकम बाणिज्य बैङ्कमा थुप्रियो

मंसिर ३०, २०८१ | काठमाडौं

वाणिज्य बैङ्कमा लगानी योग्य रकम अधिक तरलता थुप्रिएपछि समस्या उत्पन्न भएको छ । 

लक्ष्य अनुसारको कर्जा विस्तार हुन नसकेपछि बाणिज्य बैङ्कहरुमा ६ खर्ब ५५ अर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको हो । एकातर्फ कर्जा विस्तार नहुने र अर्कोतर्फ खराब कर्जाको मात्रा बढेपछि बैङ्कमा दबाब बढेको हो ।

 वाणिज्य बैङ्कमा खराब कर्जाको अनुपात ४ प्रतिशतको हाराहारीमा रहेको र यसले केही दबाब सिर्जना गरेको नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनिल केसीले बताउनुभयो । वाणिज्य बैङ्कले हाल ५३ खर्व हाराहारीमा लगानी गरेका छन् ।

 झण्डै २ खर्ब हराहारीको रकम खराब कर्जा भएपछि वित्तीय क्षेत्र दबाबमा परेको हो । सरकारको पुँजीगत खर्च लक्ष्य अनुसार हुन नसक्ने एवं निर्माणाधिन आयोजनामा समयमै भुक्तानी हुन नसक्दा समस्या उत्पन्न भएको बैङ्कर्सं सङ्घका अध्यक्ष केसीको भनाई छ ।

 निजी क्षेत्रमा लगानीका लागि मनोबल बढ्न नसक्दा एवं औद्योगिक र व्यवसायिक वातावरण नहुँदा कर्जाको विस्तार नभएको सरोकारवाला बताउँछन् ।  


प्रतिक्रिया