देश विकासमा दत्तचित्त भएर लाग्ने प्रधानमन्त्री ओलीको भनाई
पुस २, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा दत्तचित्त भएर लाग्ने बताउनुभएको छ । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताउनुभयो ।
देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको उहाँको भनाई थियो । उहाँले केही वर्षको अवधिमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको समेत दाबी गर्नुभयो । अहिले सरकार नागरिकको अभिभावक भएर प्रस्तुत भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेको उल्लेख गर्नुभयो ।