माथिल्लो तामाकोसीको उत्पादन ३६ घण्टाका लागि बन्द

माघ ५, २०८१ | दोलखा

स्वदेशी लगानीमा बनेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले ३६ घण्टाको लागि उत्पादन बन्द गरेको छ । केन्द्रका अनुसार अर्धजलाशयमा आधारित विद्युत केन्द्र भएकाले उच्च मागका समयमा पूर्ण क्षमतामा विद्युत उत्पादनका लागि संरचनाको सरसफाई गर्न विद्युत उत्पादन बन्द गरिएको हो । 

गत असोजको बाढीले विद्युत केन्द्रमा क्षति पुर्‍याएपछि पुस १० बाट नदीको पानीको आधारमा विद्युत उत्पादन गर्दै आएको थियो । संरचनाको सरसफाईपछि पिकिङ आवरमा ४ घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत उत्पादनको तयारी थालिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्ध पूर्णगोपाल रञ्जितले बताउनुभयो ।

बाढीले क्षति गरेको बाँयातर्फको बालुवा थिग्राउने पोखरी मर्मतपछि सञ्चालनमा ल्याएको जलविद्युत केन्द्रले दाँयातर्फको बालुवा थिग्रयाउने पोखरी पनि संञ्चालनमा गर्नेगरी काम थालिएको जनाएको छ । ‘बालुवा थिग्राउने दुई वटा पोखरीको बीचमा क्षति भएको कंक्रिट वालको काम जारी भएकाले स्क्याफोल्डिङको काम भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘परामर्शदाताले वालमा कंक्रिट गरिएकाले २१ दिन स्क्याफोल्डिङ नखोल्न भनेकाले फलामका टुक्रा काम गर्दा बाँकी रहेका स्क्याफोल्डिङ लगायतका सरसफाई गर्न विद्युत उत्पादन बन्द गरेका हौं ।’ 

सबै काम सकेर आइतबार साँझ ७ बजेबाट विद्युत उत्पादन थालिने उहाँको भनाई छ । नदीमा आधारित भएर विद्युत उत्पादन भईरहेकाले नदी फकाएर काम गर्दै आएको रञ्जितले बताउनुभयो । विद्युतको उच्च माग हुने समयमा मात्रै जलविद्युत केन्द्रले उत्पादनको तयारी थालिएको उहँको भनाई छ । सरसफाईपछि जलविद्युत केन्द्रले साँझको समयमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने केन्द्रले जनाएको छ । 


प्रतिक्रिया