धनकुटाको साँगुरीगढी गाउँपालिकाले लगानी सम्मेलन गर्ने

माघ ५, २०८१ | धनकुटा

धनकुटाको साँगुरीगढी गाउँपालिकाले फागुनमा लगानी सम्मेलन गर्ने भएको छ । पर्यटन उद्योग, होटल र ब्यसायिक कृषिका क्षेत्रमा निजी लगानी भित्रयाउन लगानी सम्मेलनको तयारी गरिएको हो । 

लगानी सम्मेलनका लागि साँगुरीगढी गाउँपालिकाले सार्वजनिक, निजी, साझेदारी ऐन गएको असारमै स्वीकृत गरिसकेको छ । 

निजी लगानीको वातावरण सहज बनाएर स्टारहोटल, क्यासिनो, धरान–भेडेटार केबलकार, तरकारी, फलफूल र मसलाको औद्योगिक उत्पादनका क्षेत्रमा लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । 

साँगुरीगढी साहसिक खेल, होटल र पर्यटनका लागि उर्वर स्थान हो । अदुवा, बेसार, तेजपात जस्ता मसलाबाली, अर्गानिक तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र हो । 

साँगुरीगढी कोसी प्रदेशकै होटल उद्यम र पर्यटकीय संभावनाको क्षेत्र भएकाले निजी लगानीकर्ताहरुलाई आकर्षित गर्न विद्यामान कानुनी जटिलता खुकुलो पार्दै जाने मुख्यमन्त्री हिक्मत कार्कीको भनाई छ । 


प्रतिक्रिया