फेब्रुअरीमा ९६ हजार बढी पर्यटक नेपाल भित्रिए

फाल्गुन २५, २०८१
सन २०२५ को फेब्रुअरीमा ९६ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा यो महिनामा ० दशमलव ६ प्रतिशतले कम पर्यटक भित्रिएका हुन् । गतवर्षको फेब्रुअरी महिनामा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका थिए ।
पर्यटकको आगामनमा गतवर्षको तुलनामा कम भएसँगै भारत, बङ्लादेश , भुटानबाट आउने पर्यटकको संख्यामा पनि कमी आएको छ । नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । यो अवधिमा पाकिस्तान, चीन, जापान, थाइल्याण्ड, फ्रान्स, जर्मनी, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशबाट पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।