पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौंमा सुरु

फाल्गुन २६, २०८१

श्रम बजारमा देखिएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौंमा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज र भोलि दुई दिने रोजगार सम्मेलन आयोजना गरेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ । 

रोजगारी सिर्जनाका लागि नीति र कानूनमा सुधार गर्न सम्मेलन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ । उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्रालयको दाबी छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारी प्राप्त नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रत्येक वर्ष साढे चार लाख मानिस रोजगारीको खोजीमा श्रम बजारमा आउने उल्लेख गर्र्दै त्यसका लागि उद्यमशीलता बढाउनुपर्ने बताउनुभयो । रोजगारीका अवसरहरु सिर्जना गर्न सरकारभन्दा बढी क्रियाशील निजी क्षेत्र हुनुपर्ने उहाँको भनाइ थियो । 


प्रतिक्रिया