अस्ट्रेलियाले नेपाललाई ३४ मिलियन डलर सहयोग दिने

चैत्र १७, २०८१ | अस्ट्रेलिया
अस्ट्रेलिया सरकारले नेपाललाइ चालु आर्थिक वर्षमा करिब ३४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।
केही दिनअघि सार्वजनिक बजेटमा घोषणा गरिएको यो आर्थिक सहयोग गतवर्षको भन्दा करिब १ मिलियन डलरले कम हो । अस्ट्रेलियाले हरेक वर्ष विकासोन्मुख राष्ट्रलाई विभिन्न शीर्षकमा वैदेशिक सहयोग प्रदान गर्दै आएको छ ।
बजेटमा नेपाललाई दुई तहमा सहयोग रकम दिइने उल्लेख छ । अस्ट्रेलियाले गत आर्थिक वर्ष नेपाललाई ३५ दशमलव ६ मिलियन डलर सहयोग गरेको थियो । अस्ट्रेलियाले नेपाललाई स्वास्थ्य सुरक्षा, स्थायित्व र आर्थिक प्रगति र विकासलाई प्राथमिकतामा राखेर सहयोग दिदै आएको छ ।