पेट्रोलको मूल्य घट्यो

रेडियो कान्तिपुर संवाददाता

माघ २, २०८२ | काठमाडौं

नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ घटेको हो । डिजेल र मट्टीतेलमा भने प्रति लिटर एक रुपैया घटेको छ ।

मूल्य घटेसँगै पेट्रोलको अधिकतम मूल्य १ सय ५६ रुपैयाँ तोकिएको छ । त्यस्तै डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रि यस्तरमा इन्धनको भाउ थपघट भएसँगै नेपालमा पनि स्वचालित मूल्य घटबढ हुने गरेको छ ।


प्रतिक्रिया