राष्ट्रिय लिगमा श्री भगवतीको जित

माघ ९, २०८२ | काठमाडौं

श्री भगवती क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा श्री भगवतीले नव जनजागृति युथ क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

श्री भगवतीको जितमा शिशिर लेखीले २ गोल गरे भने अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले १–१ गोल गरे । नव जनजागृतिका लागि विक्रम थोकरले १ गोल फर्काए । जितसँगै श्री भगवतीले ३ खेलबाट ४ अंक जोडेको छ ।

बाराको नव जन जागृतिको भने यो लगातार तेस्रो हार हो । लिगअन्तर्गतको अर्को खेलमा अहिले सातदोबाटो युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

आजै साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने अर्को खेलमा लालिगुराँस एसोसिएसन र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया