मधेशको अर्थतन्त्र उकासिन्छः गभर्नर अधिकारी

असार २, २०८२ | जनकपुर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मधेशको अर्थतन्त्र उकास्निे काम भइरहेको बताउनुभएको छ ।

 नेपाल राष्ट्र बैंक जनकपुरले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुँदै गभर्नर पौडेलले मधेशको अर्थतन्त्र उकासिने बताउनुभएको हो ।

 अर्थतन्त्र बृद्धिका लागि कञ्चनपुर–पथलैया फोर लेन राजमार्ग, काठमाण्डौं–निजगढ दु्रतमार्ग, मिर्चैया–घुर्मी–लुक्ला सडकमार्ग र हुलाकी राजमार्गको पूर्णता महत्वपूर्ण हुने बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका समस्या हटाउने प्रयास भइरहेको बताउँदै गभर्नर अधिकारीले ऋण प्रवाह वा बैंक तथा वित्तिय क्षेत्रको कुनैपनि काममा बिचौलिया प्रयोग भएको थाह पाए राम्रो नहुने चेतावनी दिनुभयो ।

 मधेशका बैंक तथा वित्तिय संस्थामा स्थानीय भाषा बुझ्ने फोकल पर्सन राख्न र वित्तिय साक्षरताको कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।   


प्रतिक्रिया