प्रतितोला दुई लाख सात हजार ९ सय पुग्यो सुनको मूल्य

भाद्र १८, २०८२ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकोे छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो प्रतितोला सुन दुई लाख पाँच हजार ९ सयमा कारोबार भएकोमा आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४ सय ८० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया