६ बूँदे सहमतिपछि दुग्ध किसानद्वारा आन्दोलन स्थगन

भाद्र १८, २०८२
आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै किसानले आन्दोलन स्थगन गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसियसनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो । दुग्ध उत्पादक कृषकलाई दूधको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ गतेभित्र गर्ने सहमति भएको छ ।
त्यस्तै साउन मसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ असोज ३० गतेभित्र, भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ ।