विद्युतको बक्यौता रकम उठाउने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

भाद्र ३०, २०८२ | काठमाडौं
लोडसेडिङ अन्त्यका लागि महत्वपूर्ण योगदान गरेपछि आम नागरिकमा लोकप्रिय भएका कुलमान घिसिङले तत्कालका लागि तीन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
उज्यालो नेपाल अभियानको अगुवाइ गरेका घिसिङ उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बन्नुभएको हो ।
उर्जामन्त्रालयमा पदभार ग्रहण गरेपछि घिसिङले विद्युतको बक्यौता रकम उठाउने पहिलो निर्णय गर्नुभएको छ । विद्युत महसुल उठाउने विषयका कारण आफूले विद्युत प्राधिकरण छाड्नुपरेको उहाँले बताउनुभयो ।
उर्जामन्त्री घिसिङले मुलुकको बिषम परिस्थितिमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।