बुटवलको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३० करोडको आर्थिक कारोबार

पुस १७, २०८२ | बुटवल

बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा ३० करोड बराबरको कारोबार भएको आयोजकले बताएको छ । १५ दिनसम्म संचालन भएको प्रदर्शनीमा ८ लाख जनाले अवलोकन गरेका थिए ।

समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघले बुटवलमा प्रद्धर्शनी आयोजना गरेको थियो । प्रदर्शनीमा ३ सय ५० वटा स्टल राखिएका थिए ।

प्रदर्शनी समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबन्दासम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउनुभयो । 


प्रतिक्रिया