साना शहरी खानेपानी गोरखा नगरपालिका आफैले संचालन गर्ने

चैत्र ७, २०८२ | गोरखा

खानेपानी वितरण तथा संस्थामा अनियमिता र वेथीति देखिएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना गोरखा नगरपालिका आफैले संचालन गर्ने भएको छ । 

गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको साना शहरीको नियमित पानी ब्यवस्थापनमा समस्या देखिएपछि गोरखा नगरपालिकाले आफै मातहत संचालन गर्ने निर्णय गरेको हो । 

गोरखा नगरपालिका खानेपानी तथा सरसफाई ब्यवस्थापन वोर्ड मार्फत आयोजना संचालन गरिने गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताउनुभयो । 

साना शहरीको पानी अपुग भएपछि गोरखा सदरमुकाममा खानेपानी प्रयाप्त पु¥याउन दरौदी लिफ्टीङ खानेपानी आयोजनाको पनि निर्माण सम्पन्न भइसकेको छ । दरौदी लिफ्टीङ खानेपानी आयोजना झण्डै ४० करोडको लगानीमा निर्माण भएको हो । 


प्रतिक्रिया