आज सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ

रेडियो कान्तिपुर संवाददाता

चैत्र ८, २०८२ | काठमाडौं

साताको पहिलो कारोबार हुने दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।आज सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको हो । 

चाँदी पनि आज ३ सय ५५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । 

चाँदी४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सुन २ लाख ९४ हजार ५ सय र चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया