अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ वटा ऐन खारेज

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०८२ | काठमाडौं

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 उहाँले आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

अर्थमन्त्री वाग्लेले ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने र निर्वाचन वाचापत्रलाई कार्यान्वयनमा लैजान एक सय दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताउनुभयो । उहाँले रास्वपाको चुनावी वाचापत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया