इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट’ सुरु

चैत्र १४, २०८२ | सुनसरी

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्षित गर्दै इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । आजदेखी सुरु भएको मार्टको कोसी प्रदेसका वन बाताबरण तथा पर्यटन मन्त्री भीम पराजुलीले उद्धघाटन गनुभएको हो । तीन दिनसम्म चल्ने कार्यक्रम पर्यटन क्षेत्रको प्रवद्र्धन तथा व्यवसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । 

विशेष गरी भारतीय पर्यटक र पर्यटन व्यवसायीलाई लक्षित गरिएको कार्यक्रममा प्रदेशका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल तथा टुर अपरेटर, ग्रामीण तथा धार्मिक पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूको सहभागिता रहेको छ ।  कार्यक्रममा भारतका पश्चिम बंगाल, बिहार र सिक्किम लगायतका क्षेत्रबाट करिब २०० पर्यटन व्यवसायीहरूको सहभागिता छ ।


प्रतिक्रिया