अभिमुखीकरण तालिम शुल्क ७०० नै कायम

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०८२ | काठमाडौं

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सञ्चालन हुने अभिमुखीकरण (ओरिएन्टेसन) तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ । विभागले आज सूचना जारी गर्दै हाल कायम रहेको ७ सय रूपैयाँ शुल्कमै तालिम सञ्चालन गर्नुपर्ने जनाएको हो ।

विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम प्रतिप्रशिक्षार्थी अधिकतम ७ सयनै शुल्क तोकिएको छ । केही स्थानमा शुल्कवृद्धि गरिएको भन्ने हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको विभागको भनाइ छ । 

सूचनामा २ दिनसम्म सञ्चालन हुने सो तालिमका लागि तोकिएको शुल्कभन्दा बढी लिन नपाइने उल्लेख गरीएको छ । वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम तथा कार्यविधिअनुसार सबै तालिम प्रदायक संस्थाहरूले निर्धारित शुल्कमै सेवा दिनुपर्ने विभागले जनाएको छ । विभागले श्रमिकहरूलाई शुल्क सम्बन्धी अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरेको छ ।


प्रतिक्रिया