रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल विजयी

असार १९, २०७४ | रुपन्देही

रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका केशव कलवार ३ हजार ४ सय ५ मत ल्याई विजयी हुनुभएको  छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले २ हजार १ सय ६६ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा संघिय समाजवादी फोरम नेपालकै सुनिता कलवारले २ हजार ५४ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी नेपाली कांग्रेसकी श्रीकान्ति बरईले १ हजार ८ सय ३९ मत प्राप्त गर्नुभएको छ । 

 


प्रतिक्रिया