भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा एमालेका लामिछाने र ‘ख’ मा नेमकिपाका गोसाईं विजयी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०७४ | भक्तपुर

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा एमालेका उम्मेदवार हरिशरण लामिछाने र ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसाईं विजयी भएका छन् ।लामिछानेले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धन (कांग्रेस) का उम्मेदवार जीवन खत्रीलाई २८ सय १२ मतले पछि पार्दै१२ हजार ७ सय ८९ सहित विजयी  हुनुभएको हो ।

खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गर्नुभयो । नेमकिपाका उम्मेदवार निरज लवजुले ७ हजार १९ मत प्राप्त गर्नुभयो । त्यसैगरी प्रदेश ‘ख’ मा नेमकिपाका उम्मेदवार गोसाईं भारी मतले विजयी हुनुभएको छ ।  

उहाँले निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार रोमन शिलाकारलाई १५ हजार ८ सय २२ मतले पराजित गर्दै २३ हजार ८ सय ८५ मत सहित विजयी हुनुभएको छ । शिलाकारले ७ हजार ७ सय ३१ मत ल्याए भने, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अनिल भूजुले ५ हजार ३ सय २ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको मतगणना जारी छ । प्रतिनिधिसभामा नेमकिपाका उम्मेदवार प्रेम सुवालको अग्रता छ ।

 


प्रतिक्रिया