' सलाम जिउँदो इतिहासलाई' मा तीर्थकुमारी थापालाई  विशेष सम्मान गरिँदै

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७६ | काठमाडौं

- रेडियो कान्तिपुरले आज वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई  विशेष सम्मान गर्दैछ ।  सलाम जिउँदो इतिहासलाई कार्यक्रमको एघारौं श्रृंखला अन्तर्गत आज गायिक थापालाई सम्मान गर्न लागिएको स्टेशन म्यानेजर दिनेश डिसीले बताउनुभयो ।

कार्यक्रममा गायक थापासँग  भलाकुसारीका साथै चर्चित कलाकारहरुले उहाँको सुमधुर गीतहरुको प्रस्तुती दिने छन् ।  आजको कार्यक्रममा धुव्रराज खड्का, शितल मोत्तान, सुरज थापा, योगेन्द्र उपाध्याय निरौला, नीशा देशार, मिना निरौला लगायतले प्रत्यक्ष सांगितिक प्रस्तुती दिनेछन् । कार्यक्रमको केहीबेरमा प्रत्यक्ष प्रसारण हुनेछ । 

 


प्रतिक्रिया