'यो जिन्दगी' सार्वजनिक

चैत्र २५, २०७६ | काठमाडौं

नेपाली आधुनिक गीत ‘यो जिन्दगी’ यूट्युबमा सार्वजनिक भएको छ । दिनरातको मेहनतबाट समेत परिवारका लागि आवश्यक सामाग्रीको जोहो गर्न नसक्ने एउटा अभिभावकको दैनिकीलाई बिषयबस्तु बनाईएको छ । 

यो गीतलाई संगीतका अग्रजहरुले आधुनिक गीतसंगीतमा 'कालजयी गीत'को संज्ञा दिएका छन् । सञ्चारकर्मी तेजेन्द्र काफ्लेको शब्दमा लावोनी चक्रवर्ती प्रसाइको स्वर रहेको गीतमा लावोनी प्रमोदले संगीत भरेका छन् । 

बरिष्ठ संगीतकार सचिन सिंहको संगीत संयोजन रहेको गीतमा कुमार महर्जनले तबला बजाएका छन् ।

इशराजमा सन्तोष भक्त श्रेष्ठ, बासुरीमा गोपाल देव र गितारमा सचिन सिंहले साथ दिएका छन् । 



प्रतिक्रिया