सत्यस्वरुपकी ‘मैसाव’ सार्वजनिक

मंसिर ११, २०७७ | काठमाडौं

 सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमृत खतिवडा र सत्य–स्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दको सुन्दर संयोजन गरिएको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलको छ । 

कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोमा दरवारिया शैलीलाई फिचर्ड गरिएको छ ।

 भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । ‘मैसाव’ को भूमिकामा छुकिला शेर्पा छिन् । होटल याक एण्ड यतीमा छायाङ्कन गरिएको भिडियोमा सत्य–स्वरुपलाई पनि कवाली भूमिकामा फिचर्ड गरिएको छ ।  


प्रतिक्रिया