पत्रकार पन्थीको कम्पन अडियोमा

मंसिर १२, २०७७ | काठमाडौं

पत्रकार किशोर पन्थीले २०७२ को भूकम्पपछि लेखेको पुस्तक कम्पनको अडियो सामाग्री सार्वजनिक भएको छ । सो अडियो पुस्तक अमेजन, आईट्युन र अडिबलमा उपलव्ध रहेको पत्रकार पन्थीले बताए ।

अडिबलमा अडियो संस्करण उत्पादन गर्दै आएकी फरेस्ट सोबलले कम्पनको अडियो उत्पानन गरेकी हुन् । पुस्तकमा आवाज भने सुरेश शाहीले दिएका छन् । अमेजनमा अडियोबुकको मुल्य १७ डलर ४६ सेन्टस कायम गरिएको छ ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको पत्रकार पन्थीले बताए । नेपालीभाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपालीभाषाका पुस्तकको अडियोबुककालागि समेत बाटो खुलेको लेखक पन्थीको भनाई छ । 


प्रतिक्रिया