सुनोद श्रेष्ठको ‘बरालिंदै हिँडे’ सार्वजनिक

पुस २१, २०७७ | काठमाडौं

मोडल सुनोद श्रेष्ठको ‘बरालिंदै हिँडे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो अष्ट्रेलियाको मेल्वर्नमा छायांकन गरिएको हो । ‘बरालिंदै हिँडे’ गीत सागराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ । 

म्युजिक भिडियोको छायांकन सुनेश श्रेष्ठ र साकार शाहीले गरेका हुन् । म्युजिक भिडियोमा सुनोदलाई एन्जी मुल्मीले साथ दिएकी छिन् । सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र म उनका असाध्यै रुचाइएका म्युजिक भिडियो हुन् । श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् । 

अष्ट्रेलियाको टेलिभिजन एसबीएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड दी डगमा समेत अभिनय गरेका थिए । यस्तै, हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन् । 

उनले च्यानल नाइनमार्फ प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा गरेको अभिनय निकै चर्चित थियो । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म दी मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।


प्रतिक्रिया