कान्तिपुरले पहिलो पटक ल्यायो दोहोरी कार्यक्रम ‘खेलौं जुहारी’

माघ ९, २०७७ | काठमाडौं

युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय बन्दै जाँदा आजबाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौं जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३ बजेदेखी ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिवार भने प्रसारण हुनेछैन ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण सुरु भएको यस कार्यक्रम हेर्दा लोक संगीतले अहिलेको दर्शक श्रोताहरुको मन जितेको सहजै अनुमान गर्न सकिन्छ । धेरै कार्यक्रमहरुको भिडमा अलि फरक शैलीमा यस कार्यक्रमको निर्माण भएको देखिन्छ । दोहोरी मात्रै नभएर लोक गीतलाई समेत विशेष प्रस्तुतिमार्फत प्रचार प्रसार गरि लोक तथा दोहोरी गीतलाई अझै माथि पुर्‍याउन एउटा ईट्टा थप्ने काम गर्ने ईन्टरटेन्टमेन्ट हाउसका अध्यक्ष सहदेव कोईरालाले बताउनुभयो ।

 उहाँले दोहोरी गीतका धेरै कार्यक्रमहरु अन्य श्रष्टा सर्जकका गीतहरु अनुमति विना गाई प्रतिलिपी अधिकार हनन् भईरहेको अवस्थामा यस कार्यक्रममा भने सम्पुर्ण भाकाहरु नयाँ सुन्न पाईनेछ । जसमा गाईने लोकगीत पुराना सर्जकको भएपनि उहाँहरुलाई यस कार्यक्रमको व्यवसायीक प्रयोजन भएवापत प्रतिलिपी अधिकार धनीलाई रोयल्टीको व्यवस्था गरेको समेत बताउनुभयो । साथै यस कार्यक्रममा लोक तथा दोहोरी गीत मात्र नभई मनोरञ्जनको प्याकेज स्वरुप हाास्यव्यङ्यको समिश्रण समेत राखिएको उहाँले बताउनुभयो ।

मुना अर्याल र ममता गुरुङले सञ्चालन गरेको कार्यक्रममा एक लोक तथा दोहोरी गायकको कमेडी अवतार समेत कार्यक्रममा हेर्न सकिने छ ।


प्रतिक्रिया