'मेहँदी' सार्वजनिक

असार ३, २०७९ | काठमाडौं

गायक आनन्द कार्कीद्वारा स्वरबद्ध गीत 'मेहँदी' को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका शोभा पाण्डेले कार्कीलाई साथ दिएकी छिन् । अधिवक्ता एवं गीतकार स्वीकृती बरालको शब्द रहेको गीतलाई एन बी जनकपुरीले संगीतबद्ध गरेका छन् ।

यशराज गराच र ऋचा थापा फिचर्ड गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त तामाङ हुन् भने भिडियोको छायांकन मुकेश हुमागाईले गरेका छन् ।

 शुक्रबार फूलबारी नेपालको अफिसियल यूट्यूब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । विवाहको सिजनलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको गीतकार स्वीकृति बरालको भनाई छ । 


प्रतिक्रिया