गीतकार कृष्णहरि बरालको 'माइतीको देश' सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

श्रावण १९, २०७९ | काठमाडौं

गीतकार कृष्णहरि बरालको शब्द रचना रहेको तीजको गीत माइतीको देश को भिडियो सार्वजनिक भएको छ । गैरे सुरेशको संगीत रहेको गीतमा स्वीकृती बराल र शोभा पाण्डेको स्वर रहेको छ । गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् ।

 भिडियोमा स्वीकृती बराल शोभा पाण्डे, केपीना गोतामे र मथुरा राउत फिचर्ड छन् । गीतको भिडियो बिहिबार गीतकार बरालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  


प्रतिक्रिया